नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा भूकम्प पीडितलाई राहत हस्तान्तरण
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सवा तीन लाख रुपैयाँभन्दा बढीको राहत सामग्री सहयोग गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीमार्फत जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मालाई सोमबार साँझ राहत सामग्री हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव भीमबहादुर रानाभाट, विपद व्यवस्थापन समिति संयोजक तथा कार्य समिति सदस्य टीकामणि उपाध्याय, कार्यसमिति सदस्य इन्दिराकुमारी शाहीलगायतको सहभागिता रहेको थियो । राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष धामीले भूकम्पबाट चहराइरहेको पीडितको घाउमा थोरै भए पनि मल्हम लगाउने होस् भनेर राहत वितरण गर्न आएको बताए ।
संघले उपलब्ध गराएको राहत सामग्रीमा १४४ थान कम्मल, चौध क्वीन्टल चिउरा, २० बोरा भुजा, १० बोरा दालमोठ, बिस्कुट २० पेटी, चाउचाउ १५० पेटी, पानी ५० पेटी र पीफर्म ५ रोल रहेको महासचिव भीमबहादुर रानाभाटले जानकारी दिए । यी सामग्री जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आधा आधा बाँडेर सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघ मार्फत हस्तान्तरण गरिएको थियो ।
संघले उपलब्ध गराएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटले तत्कालै कुशे गाउँपालिकाका भूकम्प पीडितका हस्तान्तरण गरेको थियो । राहत वितरण अघि संघको टोलीले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण