रोनाल्डोको अनुपस्थितिमा टालिस्काको ह्याट्रिक, अल–नासरको शत प्रतिशत रेकर्ड कायम
रियाद । क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा ब्राजिलियन स्ट्राइकर एन्डरसन टालिस्काले ह्याट्रिक गर्दै अल नासरलाई एसियन च्याम्पियन्स लिगमा अल दुहाइलविरुद्ध सङ्घर्षपूर्ण जीत दिलाएका छन् । मंगलबार भएको खेलमा अन नासर ३–२ गोलले विजयी बन्यो ।
खेलको आठौँ मिनेटमा फिलिपे काउन्टिन्होले अल दुहाइललाई अग्रता दिलाएका थिए । तर, २७ औँ मिनेटमा टालिस्काले गोल गर्दै खेल बराबरी गरे । ३७ औँ मिनेटमा उनले टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ६५ औँ मिनेटमा आफ्नो ह्याट्रिक पुरा गर्दै टालिस्काले टोलीका अग्रता झनै फराकिलो बनाए । ८० औँ मिनेटमा पेनाल्टीबाट काउटिन्होले एक गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन सकेन । खेलको इन्जुरी समयमा अल दुहाइलका खालिद मोहम्मदले रातो कार्ड पाएका थिए ।
अल दुहाइलविरुद्धको पछिल्लो खेलमा २ गोल गरेका रोनाल्डोलाई यो खेलमा भने आराम दिइएको थियो । जीतपछि प्रतियोगितामा शतप्रतिशत रेकर्ड कायम राख्दै टोली १२ अङ्कसहित समूह ईको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण