बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

किन हुन सकेन उखु र गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण ?

बुधबार, २२ कात्तिक २०८०, ११ : ५१
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । उखु र गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण हुन सकेको छैन । बालीको उत्पादन लागतको तथ्याङ्क विश्लेषण नभइसकेकाले उखु र गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण हुन नसकेको हो । 

लागतको तथ्याङ्क नभएकाले उखु र गहुँको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकार गरेको छ । प्रदेश र स्थानीय तहबाट उत्पादन लागतको तथ्याङ्क समयमा उपलब्ध नहुँदा समर्थन मूल्य निर्धारण हुन नसकेको मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सवनम सिवाकोटी आर्यालले बताइन् । ‘गहुँ र उखुको समर्थन मूल्य निर्धारण गर्न केही ढिला भएकै हो,’ उनले भनिन्, ‘स्थानीय तहले नियमितरुपमा लागत मूल्य उपलब्ध नगराउँदा समर्थन मूल्य निर्धारण हुन नसकेको हो ।’

तथ्याङ्क प्राप्त हुनसाथ उखु र गहुँको न्यूनतम समर्थन मूल्य तोकिने आर्यालले बताइन् । कृषि विभागले उखु र गहुँ उत्पादन लागतको तथ्याङ्क सङ्कलन भइसकेको जनाएको छ । सो तथ्याङ्क विश्लेषण गरी मन्त्रालयमा पठाउने तयारी भइरहेको विभागकी प्रवक्ता तथा उप–महानिर्देशक जानुका पण्डितले बताइन् । 

‘जिल्लागत रूपमा उत्पादन लागतको तथ्याङ्क सङ्कलन गरिसकेका छौँ,’ उनले भनिन्, ‘तथ्याङ्क जाँच गरी छिटै मन्त्रालयमा पठाउने छौँ ।’

खेतमा नै गएर उत्पादन लागतको तथ्याङ्क लिनु पर्ने भएकाले संकलनमा समय लागेको उनको भनाइ छ । उखु र गहुँको न्यूनतम समर्थन मूल्य दुई सातामा निर्धारण हुने उनले दाबी गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप