पाल्पामा टिपर दुर्घटना, १ जनाको मृत्यु
बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।
पाल्पाको निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना हुँदा पाल्पाको पूर्वखोला गाउँपालिका २ बस्ने १९ वर्षकी दिलकुमारी आलेको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनामा पाल्पाको निस्दि गाउँपालिका वार्ड ७ की २५ वर्षकी हिमाली आले, चालक मकवानपुर जिल्ला मनोहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुर हेटौँडा नगरपालिका ९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते भएका छन् ।
घाइतेहरूलाई थप उपचारका लागि नवलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण