अभिलाषा र माहिकाको जोडी च्याम्पियन
काठमाडौँ । अभिलाषा विष्ट र माहिका राणाको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्सतर्फ बिहीबार स्वणर् पदक जितेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनल खेलमा अभिलाषा र माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा हरायो ।
यसैगरी भेट्रान (५५ वर्षमाथि) पुरुष एकल स्पर्धामा विमलकुमार गुरुङ पहिलो भए । उनले फाइनलमा जीवन घिमिरेलाई ६–३ र ६–४ अंकले हराए । वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको भेट्रान (३५ वर्षमाथि) पुरुष डबल्स स्पर्धामा सन्तोष खत्री र सुवाष बस्नेतको जोडीले जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ६–४ र ६–३ ले हरायो ।
जितसँगै सन्तोष र सुवाषको जोडी प्रतियोगिाको फाइनलमा पुग्न सफल भयो । अर्को सेमिफाइनल खेलमा महेश श्रेष्ठ र अनिल साइको जोडीले सिमान्त गुरुङ र कमलबहादुर भण्डारीको जोडीलाई ६–४ र ६–१ अंकले हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।
यसैगरी जुनियरतर्फको ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत वज्राचार्यको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा अद्रिन थापा र दीर्घायु लामाको जोडीलाई ६–० र ६–१ को सेटमा पाखा लगायो । सोही स्पर्धाको गल्र्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीलाई ६–० र ६–० ले हरायो ।
यसैगरी यू–१४ गर्ल्स सिंगल्स स्पर्धामा शिभाली गुरुङ र स्वस्तिाका विष्ट फाइनलमा पुगेको छन् । शिभालीले सेमिफाइनल खेलमा प्राज्ना मानन्धरलाई ६–४ र ६–१ अंकले पराजित गरिन् । अर्को सेमिफाइनलमा स्वस्तिाकाले कर्मिस्था नुगाह श्रेष्ठलाई ६–२ र ६१ अंकले पराजित गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण