जाजरकोट भूकम्पको संकटबारे सर्वदलीय बैठक बोलाउन राप्रपाको माग
बिहीबार, २३ कात्तिक २०८०, २२ : ०५
काठमाडौँ । राप्रपाले जाजरकोट भूकम्पको संकटबारे सर्वदलीय बैठक बोलाउन माग गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सर्वदलीय बैठक बोलाउन माग गरेको हो ।
बैठकले राहत वितरणमा आएका गुनासो सम्बोधन हुनुपर्ने, वास्तविक पीडितले राहत पाउनुपर्ने, राहत वितरणमा एकरुपता र निश्पक्षता कायम हुनुपर्नेमा माग गरेको छ । राहत वितरण प्रक्रिया राजनीतिक दबाब र प्रभावबाट मुक्त र विभेदरहित हुनुपर्नेमा जोड दिँदै बैठकले त्यसको प्रभावकारी अनुगमन हुनुपर्ने माग समेत गरेको छ ।
बैठकले पौष १, २ र ३ गते काठमाडौँमा पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टले दोस्रो हाफमा गरेको गोलले मान्यता पाएन
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण