शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

म्याकका नयाँ दुई ल्युब्रिकेन्टस् नेपाली बजारमा सार्वजनिक

शुक्रबार, २४ कात्तिक २०८०, ०७ : १७
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडाैँ । भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गप्रालिले म्याक लुब्रिकेन्टस् सँगको सहकार्य २१ वर्ष पुरा भएको अवसरमा म्याकका नयाँ दुई प्रोडक्ट एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको छ । 

कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडका तर्फबाट पि सुधाहर–कार्यकारी निर्देशक, अमरप्रित सिंह आलुवालिया–हेड ल्युव, ईस्ट्रन रिजन स्ट्राटिजि, मनिन्दर सिंह–डिजिटल ट्रान्सफरमेशन चिफ म्यानेजर, सिप्रदी ट्रेडिङ्गप्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, चिफम्यानेजर दिनेश केसी साथै म्याकका नेपालभरि रहेका डिलरहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत गर्दै सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आगामी योजनाको बारेमा प्रस्ट पारेका थिए । आफ्ना च्यानल पार्टनरहरूलाई सम्बोधन गर्दै आवश्यक सिप तथा तालिमका लागि कम्पनीका तर्फबाट पूर्ण रूपमा सहयोग गर्न तयार रहेको र समृद्धिका लागि हरदम सँगै रहने प्रतिबद्धता व्यक्त गरे । 

उक्त कार्यक्रममा कम्पनीका चिफ म्यानेजर दिनेश केसीले कम्पनीको आगामी कार्य योजना र उद्देश्यको बारेमा स्पष्ट पारेका थिए । उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड र सिप्रदी ट्रेडिङ्गका प्रतिनिधिहरूद्वारा सिक्का एप सार्वजनिक गरियो । साथै आफ्ना च्यानल पार्टनरहरुको व्यवसायलाई आधुनिक तथा व्यवस्थित गर्नका लागि सो एप अत्यन्त उत्कृष्ट माध्यम हुने विश्वास पनि व्यक्त गरिएको थियो । 

कार्यक्रममा नेपालभरि रहेका सिप्रदीसँग आवद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । सो कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिँदै उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप