आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पदीय जिम्मेवारीमा नरहने विवादास्पद थापाको घोषणा रास्वपाद्वारा स्वीकार

शुक्रबार, २४ कात्तिक २०८०, १५ : १०
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको  पदीय जिम्मेवारीमा नरहने केन्द्रीय सदस्य मोहनबाहादुर थापाको घोषणालाई स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले थापाको घोषणालाई स्वीकार गर्ने निर्णय भएको हो । 

थापामाथि पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठले मिडियामार्फत आफूलाई मन्त्री बनाउन ३ करोड रुपैयाँ मागेको आरोप लगाएका थिए । श्रेष्ठले सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी उनले काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गरेको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराएको रास्वपाले बैठकको निर्णयमा उल्लेख गरेको छ । सभापति रविका विश्वास पात्रको रुपमा चिनिएका थापा अमेरिका बस्दा रुम पार्टन थिए । 

‘केन्द्रीय सदस्य मोहनबहादुर थापाले ३ करोड रुपैयाँ मागेको भनी पार्टीबाट निष्कासित पूर्व सांसद डा.ढाकाकुमार श्रेष्ठले सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी मोहन बहादुर थापाले काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गर्नुभएको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराउनुभएकोमा उहाँको निर्णयलाई स्वीकार गरेको छ’, निर्णयको ७ बुँदामा उल्लेख छ । 

यसअघि आर्थिक अपचलनको गम्भीर आरोप लागेपछि रास्वपाले थापामाथि अनुसन्धान अगाडि बढाएको थियो । तर आरोप पुष्टि हुने कुनै प्रमाणा फेला नपरेको भन्दै पार्टी अनुशासन आयोगले मुद्दा मुल्तबीमा राखेको थियो ।

rsp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप