अख्तियारका पदाधिकारीको ७ दिनको तलब भूकम्प पीडितलाई
शुक्रबार, २४ कात्तिक २०८०, १६ : १५
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् । आयोगका पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।
आयोगले गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यूवरण गर्ने नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
यस्तै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने निर्णय भएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण