युद्धभूमिका एभी र अस्लामहरू
“बा बाहिर हेर्दै गर है,” अस्लामले भन्यो । चिन्ता नगर म छु, बाहिर पनि शान्त छ भन्दै बाबुले सान्त्वना दिन खोज्यो । केही दिनअघि मात्र रकेट आक्रमणबाट भाँचिएको खुट्टा झुन्ड्याएर अस्पतालको बेडमा सुतेको थियो । बमका छर्राहरू अझै शरीरमा छन् । ऊ अहिले संसारमा सबैभन्दा असुरक्षित ठाउँमा छ । उपचार गर्ने डाक्टर र बिरामीको कतिबेला एउटै चिहान हुन्छ थाहा हुँदैन ।
“बा हिजो रकेट आउनुभन्दा पहिला एभीको फोन आएको थियो,” उसले आफ्ना बुबासँग भन्यो ।
“को, एभीको ?” उसको बुबाले भन्यो ।
“मेरो साथी थियो नि पर्खालभित्रको ।” उसले भन्यो ।
“भो तिनीहरूको कुरा नगर्,” रिसले उसको आँखा रातो भयो ।
उसले भन्दै थियो, यस पटक त उसको घरमा पनि रकेट खस्यो रे । तर सबै बाँचेका रहेछ्न् । उनीहरूलाई त सेनाले अर्को ठाउँमा सारेछ ।” छोराले भन्यो ।
“हाम्रो पनि सेना भएको भए हामीहरूलाई पनि सुरक्षित ठाउँमा लैजाने थियो,” उसले भन्यो ।
“बा यो लडाइँ कहिले सकिन्छ ?,” अस्लामले सोध्यो ।
पर क्षितिजमा हेरेर लामो स्वास फेर्यो र भन्यो, “पर्खालभित्रका अथवा बाहिरका सबै नसकिएसम्म लडाइँ सकिने अवस्था भएन बाबु ।”
अस्लामले छ महिनाअगाडि नाका खुलेको बेला किनमेल गर्ने बेलामा बजारमा भेट्दा एभीले उपहार दिएको कलम खल्तीबाट निकालेर हेर्यो । के सम्झेर पुनः खल्तीमा राख्यो र सोध्यो “बा यिनीहरू यो लडाइँ कसका लागि लड्दै छन् ?”
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण