सफल विकेटकिपर क्विन्टन डी कक
काठमाडौँ । जारी विश्वकपमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक सबैभन्दा सफल विकेट किपरका रुपमा देखिएका छन् । प्रारम्भिक चरणको ४५ खेल सकिँदासम्म उनले विपक्षी टोलीका १९ जना ब्याट्सम्यानलाई आउट गराइसकेका छन् ।
यी अनुभवी दक्षिण अफ्रिकी विकेटकिपरले आफूले खेलेको नौ पालीमा १८ वटा क्याच लिएका हुन् भने एकजनालाई स्टम्पिङ गरेका हुन् । सफल विकेटकिपरको सूचीमा नेदरल्यान्ड्सका स्कट एडवार्डस दोस्रो स्थानमा छन् । उनले १५ ब्याट्सम्यानलाई आउट गराएका छन् ।
एडवार्डसले १३ वटा क्याच लिएका हुन् भने दुई ब्याट्सम्यानलाई स्टम्पिङ गरेका हुन् । यो सूचीमा भारतका केएल राहुल तेस्रो स्थानमा छन् । राहुलले विपक्षी टोलीका १२ ब्याट्सम्यानलाई आउट गराएका छन् । उनले ११ वटा क्याच लिएका हुन् भने एक ब्याट्सम्यानलाई स्टम्पिङ गराएका हुन् ।
यसैगरी इङ्ल्यान्डका जोस बट्लर र पाकिस्तानका मोहम्मद रिजवान संयुक्त रुपमा चौथो स्थानमा आसिन छन् । यी दुबैले ११—११ ब्याट्सम्यानलाई आउट गराएका छन् । बट्लरले नौवटा क्याच लिएका हुन् भने दुई ब्याट्सम्यानलाई स्टम्पिङ गरेका हुन् । मोहम्मद रिजवानले ११ वटा क्याच लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण