कोरला नाकाको भव्य उद्घाटन, चीनले दियो उत्तरी मुस्ताङका नागरिकलाई नुन, तेल र कम्बल
पोखरा । उत्तरी मुस्ताङका दुई पालिकालाई चीन छिर्ने सरकारी पास वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले नै लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका करिब १ हजार नागरिकलाई चीन प्रवेश पास दिइसकेको छ । पास पाए पनि उनीहरू चीन छिर्न पाएका थिएनन् ।
गएको २०७६ चैतमा कोरोना सङ्क्रमणको कारण देखाएर नेपालका सबै उत्तरी नाका बन्द भएका थिए । त्यसयता अन्य नाकाहरू खुले पनि कोरला खुलेको थिएन । सोमबार विशेष कार्यक्रमका बिच चीनले निर्माण गरेका भौतिक संरचनाको उद्घाटनसहित नाका खुला भएको औपचारिक घोषणा गरिएको छ ।

नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली र चीनका तर्फबाट सिगात्सेका मेयर तथा पार्टीका सहसचिव वाङफङ होङले संयुक्त रूपमा नाका सञ्चालनको घोषणा गरेका हुन् । नेपालबाट गण्डकीका पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सांसद नम्डु गुरुङ, पोखराका मेयर धनराज आचार्य लगायतको टोली सहभागी थियो ।
सोही अवसरमा चीन सरकारले उत्तरी मुस्ताङका दुई पालिका र डोल्पाको एउटा पालिकालाई राहत सामग्री सहयोग हस्तान्तरण गरेको छ । लोमान्थाङ र लो घेकर तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिकालाई १/१ ट्याक्टर सामान सहयोग गरेको हो ।

उत्तरी मुस्ताङका दुई पालिकाका लागि ३ हजार ५ सय प्याकेट चिया, २० किलोको ७ सय बोरा नुन, २ हजार ३ सय प्याकेट घ्यु, १ हजार ५ सय पिस कम्बल र १ हजार ६ सय पिस सिरक सहयोग गरेको लोमान्थाङका अध्यक्ष टसीन्हुर्वू गुरुङले जानकारी दिए ।
_MWKDRfKfur.jpg)
उनका अनुसार अब नाकालाई बाह्रै महिना सञ्चालन गर्ने गरी छलफल भएको छ । ‘दुई पालिकाका जनप्रतिनिधि र सिडिओको उपस्थितिमा चीनले बाह्रै महिना नाका खोल्ने कुरा गरेको छ,’ उनले भने, ‘प्राकृतिक प्रकोपबाहेक अन्य समयमा निर्वाध रूपमा खुला हुन्छ ।’ खासगरी हिउँ परेका बेला नाका बन्द हुने र अरु समयमा चल्ने उनको भनाई छ ।
_ky2WOnFSfU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
-
बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण