१० किलोमिटर दौडका विजेता पुरस्कृत
रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा दीपावली तथा छठ पर्वको अवसरमा आयोजित १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार नेपाल समाज विकास केन्द्रले आयोजना गरेको उक्त १० किलोमिटर दौड भएको हो ।
प्रतियोगितामा सहभागी पाँच किशोर र पाँच किशोरीहरु पुरस्कृत भएका छन् । सरस्वती मावि खेसरहियाबाट सुरु भएको दौड सखुअवा, जयनगर र दीपही हुँदै पुनः विद्यालयमा फिर्ता भएको थियो ।
प्रतियोगितामा किशोरीतर्फ प्रथम फूलकन्चन कुमारी सहनी, द्वितीय अनु कुमारी सहनि, तृतीय अमृता रजक, चौथो मनिषा कुमारी चौधरी, पाँचौँ रिना कुमारी सहनि भएका थिए।
यस्तै किशोरतर्फ प्रथम अजेश कुमार राम, द्वितीय कविन्द्र कुमार शर्मा, तृतीय राजा महतो, चौथो रतनेश राउत, पाँचौँ विक्रम महतो भएका छन् ।
विजेताहरूलाई माधव नारायण नगरपालिकाका मेयर बैजु यादव र वडा–२ का वडाध्यक्ष राम विश्वास साहले संयुक्त रूपमा मेडल तथा प्रमाणपत्र प्रदान प्रदान गरेको स्थानीय समाजसेवी संजय महतोले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण