सेमिफाइनलमा शतक बनाउँदै विराट कोहलीले तोडे सचिन तेन्दुल्करको कीर्तिमान
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । १० दिनअघि उनले ३५औँ वर्षमा पाइला टेकेकै दिन अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका थिए ।
कोहलीले आईसीसी एक दिवसीय विश्वकपअन्तर्गत बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलका क्रममा सचिनको कीर्तिमान तोडेका हुन् । विराटले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको शतक संख्यालाई उछिनेका हुन् ।
बुधबार न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको शतक सँख्या ५० पुगेको छ । विराटले दुई सय ९१ एक दिवसीय खेलको दुई सय ७९ पालीमा ५० शतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् ।
सचिनले भने सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक बनाएका थिए । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले शतक बनाएका हुन् । उनले खेलको ४१.४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै शतक पुरा गरेका हुन् ।
कोहलीले हालसम्म टेस्ट क्रिकेटमा पनि २९ वटा शतक प्रहार गरेका छन् । सचिनले भने टेस्ट र एक दिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा शतक बनाएका छन् । सचिनले एक दिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा शतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण