पुष्पाको सफलतापछि अल्लु अर्जुनले १७ गुणा बढाए पारिश्रमिक
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको डिमान्ड यति बेला निकै बढेको छ । तेलुगु फिल्म पुष्पाको सफलतापछि अल्लुले आफ्नो ब्रान्ड इन्डोर्समेन्टको पारिश्रमिक १७ गुणा बढाएका हुन् ।
इकोनोमिक टाइम्समा प्रकाशित समाचार अनुसार पुष्पा आउनु अघि अर्जुनले एक दिनको सुट गर्न ३५ लाख भारतीय रुपैयाँ पारिश्रमिक लिन्थे । तर अहिले कुनै पनि प्रडक्टको एन्डोर्समेन्टका लागि उनले एक दिनकै ६ करोड भारतीय रुपैयाँ चार्ज गरिरहेका छन् । यो रकम कुनै पनि दक्षिण भारतीय अभिनेताले लिएको सबैभन्दा धेरै फिस हो । अल्लु जस्तै गरी एउटै फिल्मबाट चर्चित बनेका अन्य कलाकारहरूले पनि २ वर्ष अघिको भन्दा ८ गुणा धेरै फिस लिइरहेका छन् ।
६ नयाँ ब्रान्डसँग सम्झौता
पुष्पाको अभूतपूर्व सफलतापछि अल्लु कयौँ ठुला ब्रान्डका अनुहार बनेका छन् । यसमा केही स्वदेशी र विदेशी ब्रान्डहरू पनि छन् । उनले हालै मात्र कोका–कोला, एएफसी, जोमाटो र रेड बससमेत ६ ओटा नयाँ ब्रान्डसँग डिल साइन गरेका छन् ।
पान मसला ब्रान्डको १० करोडको डिल अस्वीकार गरे
यस अघि अल्लु अर्जुनले पान मसला ब्रान्डलाई प्रवर्द्धन गर्ने अफर अस्वीकार गरेका थिए । कम्पनीले उनलाई १० करोड रुपैयाँको डिल अफर गरेको थियो । दर्शकसामु आफूले गलत चिजको प्रमोट गर्न नचाहेको भन्दै उनले सो अफर लिएनन् । अल्लु अर्जुन यतिबेला पुष्पाको सिक्वेलको सुटिङमा व्यस्त छन् । यो फिल्म सन् २०२४ को अगस्ट १५ मा रिलिज हुनेछ । अहिले उनी हैदराबादमा यही फिल्मको सुटिङमा व्यस्त छन् ।
ब्रान्ड पार्टनरसिपका लागि ५ करोड रुपैयाँ लिन्छिन् नयनतारा
दक्षिण भारतकी चर्चित अभिनेत्री नयनताराले ब्रान्ड पार्टनरशिपको लागि ५ करोड लिने गरेकी छिन् । माधुरी दीक्षितले ब्रान्ड एन्डोर्स गर्न १ करोड रुपैयाँ लिन्छिन् भने कियारा आडवाणीले डेढदेखि २ करोड रुपैयाँ लिन्छिन् । यो डिलमा फोटोशूट, स्टोरको उद्घाटन र ब्रान्डसँग सम्बन्धित अन्य इभेन्ट पनि सामेल हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण