बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाबरका कारण किन चर्चामा छिन् यी अभिनेत्री ?

बिहीबार, ३० कात्तिक २०८०, १७ : ५८
बिहीबार, ३० कात्तिक २०८०

इस्लामाबाद । हानिया आमिरको छिमेकी देश पाकिस्तानमा उनको फ्यान फलोइङ निकै बलियो छ । उनी पाकिस्तानी फिल्म उद्योगमा सबैभन्दा मन पराइने अभिनेत्री हुन्। 

जारी आईसीसी विश्वकपका क्रममा उनी र पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान बाबर आजम एकअर्कालाई डेट गरिरहेका छन् भन्ने हल्ला चलेको थियो । तर, यस विषयमा दुवैले हालसम्म मौनता कायम राखेका छन् ।

विगतमा बाबर र हानिया दुवैले अन्तर्वार्ता र पब्लिक प्लेटफर्ममा एकअर्काको धेरै प्रशंसा गर्ने गरेका थिए । यसैबिच, एउटा भिडियो पनि भाइरल भइरहेको छ जसमा हानिया बाबरलाई आफूभन्दा क्यूट भन्दै देखिएकी छिन् । बाबरले उनीसँग फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । तर, यो भिडियो एक फ्यानले सम्पादन गरेका हुन् ।

यो भिडियो सार्वजनिक भएपछि विराट र अनुष्काको डिपफेक भिडियो सार्वजनिक भएको थियो, जसमा विराटको अनुहारमा बाबरको र अनुष्काको अनुहारको स्थानमा हानियाको अनुहार राखिएको थियो । यो भिडियो हेरेपछि फ्यानहरूले हानियालाई पाकिस्तानकी अनुष्का शर्मा भनेर बोलाउन थाले ।

हानियाको जन्म सन् १९९७ मा पाकिस्तानको रावलपिण्डीमा भएको थियो । उनलाई बाल्यकालदेखि नै अभिनयको रुची थियो । जब उनी कलेजमा थिइन्, उनले रोमान्टिक कमेडी फिल्म जानमका लागि अडिसन दिएकी थिइन् । त्यसपछि १९ वर्षको उमेरमा यही फिल्मबाट उनले अभिनयमा डेब्यु गरिन् । 

तर, उनले अविश्वासी महिलाको भूमिका निर्वाह गरेको तितली शृङ्खलाबाट ठूलो चर्चा पाएकी थिइन् । त्यसपछि उनी ुफिर वही मोहब्बतु र ‘विशाल जस्ता शोहरूमा पनि देखिइन् । उनले ‘जबकी ना मालूम’, ‘अफ्राद २’ र ‘परवाज’ जस्ता हिट फिल्म पनि दिएकी छन् ।

तर, उनको करियरको टर्निङ प्वाइन्ट टिभी शो ‘मेरे हमसफर’ बाट आयो जसले उनलाई निकै लोकप्रियता दिलायो। यो शो पाकिस्तानमा टीआरपीको मामिलामा शीर्षमा थियो। हाल हानिया ‘मुझे प्यार हुआ था’ शोमा देखिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप