जब मेस्सीले विपक्षीको घाँटी न्याके...

काठमाडौँ । शुक्रबार बिहान विश्वकप छनोट अन्तरगत ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तमा पुनः एकपटक लियोनेल मेस्सी चर्चाको केन्द्रमा रहे ।
खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेरा र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलबिच विवाद भएको थियो । दुई खेलाडीबिच मौखिक वादविवाद भइरहेको थियो, त्यति नै बेला मेस्सी प्रवेश गरेर विवादलाई थप उग्र बनाएका थिए ।
मेस्सीले पहिले कुहिनाले ओलिभेराको छातीमा हाने भने त्यसपछि देब्रे हातको उनको घाँटी समाएका थिए । ओलिभेरा भने मेस्सीको हर्कतभन्दा पनि पाउलसँग विवादमा व्यस्त थिए । त्यसको केही क्षणमा खेलाडीहरूले विवाद साम्य पारेका थिए ।
सो खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भयो । विश्व विजेता टोली २–० ले स्तब्ध बन्यो । उरुग्वेलाई जीत दिलाउन रोनाल्ड अराउहो र डार्विन नुनेजले एक–एक गोल गरे ।
Picado el clásico del Río de La Plata
— En el VAR (@EnElVar) November 17, 2023
Discusiones entre Olivera y Messi pic.twitter.com/wKESAaOppm
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु