जब मेस्सीले विपक्षीको घाँटी न्याके...
काठमाडौँ । शुक्रबार बिहान विश्वकप छनोट अन्तरगत ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तमा पुनः एकपटक लियोनेल मेस्सी चर्चाको केन्द्रमा रहे ।
खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेरा र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलबिच विवाद भएको थियो । दुई खेलाडीबिच मौखिक वादविवाद भइरहेको थियो, त्यति नै बेला मेस्सी प्रवेश गरेर विवादलाई थप उग्र बनाएका थिए ।
मेस्सीले पहिले कुहिनाले ओलिभेराको छातीमा हाने भने त्यसपछि देब्रे हातको उनको घाँटी समाएका थिए । ओलिभेरा भने मेस्सीको हर्कतभन्दा पनि पाउलसँग विवादमा व्यस्त थिए । त्यसको केही क्षणमा खेलाडीहरूले विवाद साम्य पारेका थिए ।
सो खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भयो । विश्व विजेता टोली २–० ले स्तब्ध बन्यो । उरुग्वेलाई जीत दिलाउन रोनाल्ड अराउहो र डार्विन नुनेजले एक–एक गोल गरे ।

Picado el clásico del Río de La Plata
— En el VAR (@EnElVar) November 17, 2023
Discusiones entre Olivera y Messi pic.twitter.com/wKESAaOppm
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण