तेल नआएपछि पोखराका अधिकांश पेट्रोल पम्प बन्द

पोखरा । पेट्रोलियम पदार्थ आयात नहुँदा पोखराका अधिकांश पेट्रोल पम्पहरु बन्द भएका छन् । चाडवाडको समयमा पेट्रोल आयात कम हुँदा पम्पहरु बन्द भएका हुन् ।
बिहीबारदेखि नै अधिकांश पम्पमा पेट्रोल नभएको सूचना टाँस गरेर सटर तानिएको छ । तिहारमा लगातार सार्वजनिक बिदा परेको र भण्डारण पनि सकिएपछि बन्द गर्न बाध्य भएको व्यवसायीहरुले बताएका छन् ।
तर नेपाल आयल निगमको गगनगौंडा डीपोले आयात र वितरणमा कुनै समस्या नरहेको बताएको छ । ‘पम्पवालाहरुले नै पेट्रोलियम पदार्थ नलगेका हुन् । डीपोमा भण्डारण पर्याप्त छ,’ निगमका सूचना अधिकारी श्रीधर लामिछानेले भने, ‘उहाँहरुले मागेजति दिएका छौं । उहाँहरुले नै कम माग गर्नुभएको हो ।’
उनका अनुसार शुक्रबार ३ लाख ३९ हजार लिटर पेट्रोलियम पदार्थ वितरण गरिएको छ । ‘मूल्य घट्छ कि भनेर कम तेल लगेका हुन् । तीन दिन लगातार बिदाका कारणले पनि पम्पहरु बन्द भएको हो,’ उनी भन्छन्, ‘मुख्य सहरमा मात्रै बन्द भएको छ । अन्यत्र समस्या छैन ।’ उनले बिस्तारै लयमा आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार