सुरुङ मार्गमा फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध
उत्तराखण्ड । सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले शनिबार रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।
एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्वपूर्ण हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धारको काम सुस्त भएको थियो । शनिबार वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको सङ्ख्या ४१ रहेको पुष्टि गर्नुभएको छ । यो सङ्ख्या निर्माण कम्पनीले रिपोर्ट गरेको भन्दा एक जना बढी हो ।
सरकारको राजमार्ग तथा पूर्वाधार कम्पनी एनएचआईडीसीएलले शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार काअर्य अवरूद्ध भएको छ ।
उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गरी सम्प्रेषित समाचारमा खाना, पानी, अक्सिजन र औषधि पनि ६ इन्च चौडा (१५ सेन्टिमिटर) पाइपमार्फत पठाइएको तर भित्र फसेकाहरू निराश भएको उल्लेख गरिएको छ ।
“हामी उनीहरूको स्वास्थ्यको बारेमा सोधपुछ गरिरहेका छौं”, उद्धार टोलीका एक सदस्य मोहम्मद रिजवानले टाइम्स अफ इन्डियासँग भने, “तर तिनीहरू सबैको एउटै मात्र प्रश्न छः ‘तपाईं हामीलाई कहिले बाहिर ल्याउनुहुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण