७२ औँ मिस युनिभर्स बनिन् निकारागुआकी सेनिस
आइतबार, ०३ मङ्सिर २०८०, १२ : १३
काठमाडौंँ । ७२ औँ मिस युनिभर्सको उपाधि दक्षिण अमेरिकी मुलुक निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् । २३ वर्षिया पलासियोस पेसाले टेलिभिजन होस्ट समेत हुन् । आमसञ्चारमा स्नातक उत्तीर्ण गरेकी छन् ।
निकारागुआका लागि मिस युनिभर्स टाइटल हात परेको यो पहिलो हो । प्रतियोगितामा थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप र अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भए ।
एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीहरूको प्रतिस्पर्धा रहेको थियो ।
प्रतियोगितामा नेपाली सहभागी दीपिका गारेट अन्तिम २० सम्म पुग्न सफल भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण