रसुवागढी हाइड्रोपावर १ करोड ५३ लाख घाटामा
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५३ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीको ९८ लाख २६ हजार रुपैयाँ सञ्चालन खर्च घाटामा रहेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ९६ लाख ४३ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । जसले गर्दा यस वर्ष पनि कम्पनीको पर्फमेन्स् कमजोर बन्न पुगेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३५ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक छ ।
गत वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०४ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ८७ रुपैयाँ छ । हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ । यसको ९७ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरमा के हुन्छ २१ दिनसम्म खाली पेटमा मेथीको पानी पिउँदा ?
-
देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : आङ्देम्बे
-
इरान-अमेरिका वार्ता सुरु भए पनि रोकिएन तनाव : जलमार्गदेखि अर्थतन्त्रसम्म युद्धको असर
-
सुनसरी घटना : साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
-
सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो
-
महाराष्ट्रका मुख्यमन्त्रीसँग नेपाली प्रतिनिधिमण्डलको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण