बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
निषेधित क्षेत्र घोषणा भएपछि यस्तो देखियो माइतीघर
फोटोफिचर

निषेधित क्षेत्र घोषणा भएपछि यस्तो देखियो माइतीघर

मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सोमबारदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । 

मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो । सो दिन नेकपा एमाले निकट युवा विद्यार्थी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शन गर्ने र झडपको सम्भावना देखिएको थियो । स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लागेको छ ।

स्थानीय प्रशासनका अनुसार निषेधित क्षेत्रमा पद्यमोदयमोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतिर तथा बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वरचोकसम्मलाई निषेधित क्षेत्र तोकिएको छ । निषेधित क्षेत्र घोषणा भएपछि आन्दोलनको केन्द्र बन्ने गरेको माइतीघर यति बेला सुनसान बनेको छ ।

maitighar nisedhit (1)maitighar nisedhit (2)maitighar nisedhit (3)maitighar nisedhit (4)maitighar nisedhit (5)maitighar nisedhit (6)maitighar nisedhit (7)maitighar nisedhit (8)maitighar nisedhit (9)maitighar nisedhit (10)

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया