सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सकिएकै हो त गोविन्दा र डेभिड धवनबिचको तिक्तता ?

मङ्गलबार, ०५ मङ्सिर २०८०, १३ : ५६
मङ्गलबार, ०५ मङ्सिर २०८०

नयाँ दिल्ली । निर्माता रमेश तौरानीले दिवालीको अवसरमा दिएको एउटा पार्टीमा फिल्म निर्माता डेविड धवन र अभिनेता गोविन्दा एक अर्कालाई अँगालो हालेर गफ गरिरहेका देखिए । सोही पार्टीको एउटा फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै गोविन्दाले आफू र डेविडबीच प्याच–अप भएको बताएका थिए । २० वर्षपछि गोविन्दा कुनै बलिउड पार्टीमा गएका थिए । सो पार्टीमा जानु अघि नै डेविड धवनसँग आफ्नो मतभेद अन्त्य भइसकेको गोविन्दाले हालै एउटा अन्तरवार्तामा भनेका थिए ।

दुई जना एक भएको खबरले दर्शकहरु पनि खुसी थिए । अहिले पनि आफूहरूले सँगै काम गर्नु पर्छ भन्ने सर्वसाधारणले सोच्ने गरेको कुराले आफूलाई खुसी लागेको उनको भनाइ छ । ‘हामीहरुबीच सबै कुरा मिलिसक्यो । यो हाम्रो दोस्रो भेटघाट थियो । एउटा दिवाली पार्टीमा हामीले एक अर्काको साथमा राम्रो समय बितायौँ,’ गोविन्दाले भने । विगतमा भइसकेका कुरालाई सम्झिएर बसिरहने कुरामा आफूहरु दुबै जनाले विश्वास नगर्ने अनि उहिलेको कुरा खुइले भइसकेको पनि उनले बताए । अब आफूहरुबीचको सबै गुनासाहरू हटेको भएपनि पछिल्लो भेटमा फिल्मबारे कुरा नभएको पनि उनले स्पष्ट पारे ।

९० को दशकमा गोविन्दा र डेविड धवनको जोडी निकै चर्चित थियो । डेविडको निर्देशनमा बनेको राजा बाबू, कुली नम्बर १, हिरो नम्बर १, साजन चले ससुरालसमेत झन्डै डेढ दर्जन फिल्ममा गोविन्दाले काम गरेका थिए । दिवाली अघि गोविन्दाले एउटा फोटो शेयर गरेका थिए । यसमा उनी डेविड धवनका साथमा थिए । फोटोमा उनले लेखेका थिए, ‘८० र ९० को दशकमा मेरो दुई वटी श्रीमती थिए । एक सुनीता अर्को डेविड ।’  

किन बिग्रिएको थियो सम्बन्ध ?

सञ्जय दत्तको सुझाव मानेर गोविन्दाले डेभिड  धवनलाई काम दिएका थिए । फिल्म हिट हुँदै गर्दा उनीहरुले १७ ओटा फिल्ममा सँगै काम गरे । दुईबीच मित्रता यति राम्रो थियो कि गोविन्दाले डेविडलाई आफनो आफन्तलाई गर्ने भन्दा पनि राम्रो व्यवहार गर्थे । राजनीतिक करियर उक्सिन नसकेपछि गोविन्दा पुनः फिल्म क्षेत्रमै आउन चाहन्थे । यसका लागि उनी डेविडको चश्मेबद्दुरबाट कमब्याक गर्न खोजिरहेका थिए । तर डेभिडले सन् २०१३ मा ऋषि कपुरलाई लिएर फिल्म बनाए ।

 फिल्ममा कुनै काम पाइहाल्छु कि भनेर गोविन्दाले डेभिडकहाँ आफ्नो सेक्रेटरीलाई पठाए । भेटमा सेक्रेटरीले दुईजनाबीच कुरा भइरहँदा फोन अन राखे । गोविन्दाले धेरै गनगन गर्न थालेको भन्दै डेविडले चित्त दुखाएपछि उनी चिढिए । फिल्म नभएपनि सानो भूमिकामा खेल्न दिउँला भनेर पनि त्यस्तो कुनै भूमिकाको अफर गरेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप