बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काम सरकारको प्राथमिकतामा : मन्त्री बस्नेत

मङ्गलबार, ०५ मङ्सिर २०८०, १६ : ५७
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्‍याउने कामलाई मुख्य प्राथमिकता दिएको बताएका छन् । 

मंगलवार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो सङ्क्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको पहिलो प्राथमिकता र प्रतिबद्धता शान्ति प्रक्रियाको बाँकी  कामलाई निष्कर्षमा पुर्‍याउनु रहेको बताएका हुन् । मन्त्री बस्नेतले मुलुकमा पीडित भइराखेकाले सो प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा ढिलाइ गर्न नहुने पनि बताए । उनले सत्यको खोजी मात्रै गरेर बस्दा शान्ति प्रक्रियाको बाँकी बाम टुङ्ग्याउने कुरामा अब पनि धेरै समय बित्ने भएकाले सम्बन्धित सबै पक्षले यसलाई टुङ्ग्याउने गरी बहस र छलफल केन्द्रित गर्नुपर्ने आवश्यकता समेत औँल्याए । 

 ‘अहिले शान्ति प्रक्रियालाई टुङ्ग्याउने विषय सरकारको प्राथमिकताको विषय हो । यो प्रमुख प्राथमिकता मध्येको एक हो । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, शान्ति प्रक्रियाका बाँकी काम जे छन्, त्यसलाई निष्कर्षमा पुर्‍याउने सरकारको प्राथमिकता र प्रतिबद्धता रहँदै आएको छ । यसलाई जतिसक्दो छिटो टुंग्याउनु पर्छ । यसले मुलुक भिक्टिम भइराखेको छ । त्यसैले यसलाई टुङ्ग्याउनेतिर जाऊँ,’ उनले भने ।

मन्त्री बस्नेतले मुलुकलाई द्वन्द्वको घाउबाट पूर्ण रुपमा मुक्त गराउन पनि शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कामलाई तिब्रता दिनुपर्ने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप