सुदूरपश्चिम प्रदेश माछामा ७५ प्रतिशत आत्मनिर्भर, तर सरकारी लगानी शून्य
धनगढी । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा व्यावसायिक माछा पालन फस्टाउँदै गएको छ । यहाँका प्राकृतिक तालतलैयादेखि कृत्रिम पोखरीमा माछा पालन व्यवसाय बढेको हो ।
तर माछा पालन व्यवसायमा सरकारी लगानी नहुँदा र बजारीकरणमा समस्या हुँदा माछा पालक किसान भने निराश देखिएका छन् ।
यसैबिच सुदूरपश्चिममा मंगलबार (नोभेम्बर २१) विभिन्न कार्यक्रम गरी विश्व मत्स्य दिवस मनाइएको छ । माछापालक कृषक, दाना आपूर्तिकर्ता, सरकारी निकायले दिवस मनाएका हुन् ।
सुदूरपश्चिममा माछाको अवस्था
सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । मत्स्य विकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख जिल्ला रहेको बताउँदै सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशतमात्रै माग धानिरहेको जानकारी दिए । बाँकी २५ प्रतिशत माछा भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको हो ।
सुदूरपश्चिममा माछाको खपत पनि निकै कम रहेको बताइएको छ । एक व्यक्तिले वार्षिक सरदर साढे २ किलो माछामात्रै उपभोग गर्ने गरेको बताइएको छ ।
उत्पादनमा बृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्ति १० केजी माछा उपभोग गराउने लक्ष्य रहेको शाही बताउँछन् । हालको उत्पादनलाई ४ गुणा बढाउनुपर्ने बताउँदै शाहीले जसका लागि हालको शून्यमा रहेको सरकारी लगानी बढाउनुपर्ने औँल्याए ।
आउँदो १० वर्षभित्र ३० हजार मेटिक टन उत्पादन पु¥याउनुपर्ने उनको जोड छ ।
यहाँका माछा पालक कृषकले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा गुणस्तरीय माछाको भुरा, दाना, औषधिसमेत नपाउने समस्या रहेको बताइएको छ । जसोतसो माछा उत्पादन भए पनि बजारीकरणमा निकै समस्या झेल्नु परेको शाहीको भनाइ छ । योसँगै माछा प्रशोधन, नयाँ परिकार बनाउने तथा माछा खाद्य प्रविधिको समेत अभाव रहेको विज्ञहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण