उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा
काठमाडौँ । उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा भएको छ । उच्च अदालत दिपायलमा मुख्य न्यायाधीश रहेका निरौलालाई उच्च अदालत पाटनमा सरुवा गरिएको हो ।
यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुख्य रजिष्ट्रारबाट उच्च अदालतको मुख्य न्यायाधीशमा निरोलालाई नियुक्ति गरेका थिए । सर्वोच्च अदालतमा चोलेन्द्रविरुद्ध भएको आन्दोलनमा न्यायाधीशहरुलाई असहयोग गरेको भन्दै दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेपछि निरौलालाई उच्च अदालत दिपायलमा सरुवा गरेका थिए ।
हाल एकमात्रै मुख्य न्यायाधीश रहेपनि निलम्बित पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मान्छे भन्दै उनलाई सर्वोच्च अदालत आउन रोकिएको थियो । निरौलालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएको भए उनी नहकुल सुवेदीपछि करिब ८ महिना प्रधानन्यायाधीश बन्न पाउने थिए । तर उनलाई छाडेर उनीभन्दा जुनियर चार जनालाई सर्वोच्चको न्यायाधीश बनाएपछि निरौला पछाडि परेका छन् ।
हालको रोलक्रम अनुसार सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारबाट मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका नहकुल सुवेदी २०९३ असार ७ गतेसम्म प्रधानन्यायाधीश बन्नेछन् । त्यसपछि २०९३ पुष ५ गतेसम्म टेकप्रसाद ढुङ्गाना प्रधानन्यायाधीश बन्न सक्नेछन् ।
आगामी नियुक्तिमा निरौला रोलक्रममा अगाडि रहने गरी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएमा बढीमा डेढ महिना प्रधानन्यायाधीश बन्न सक्नेछन् । २०२८ साल माघ २५ गते जन्मिएका निरौला सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएमा ६५ वर्षे उमेरहदका कारण २०९३ माघ २४ गतेसम्म प्रधानन्यायाधीश बन्न पाउनेछन् ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्चका न्यायाधीशहरुले विद्रोह गर्दा अन्य न्यायाधीशलाई असहयोग गरी चोलेन्द्रको मतियार बनेको भन्दै निरौलासँग सर्वोच्चका न्यायाधीशहरु रुष्ट रहेका थिए । सोही कारण उच्च अदालतका सबैभन्दा सिनियर र एकमात्रै मुख्य न्यायाधीश भएपनि निरौलालाई यसपटक सर्वोच्च अदालत आउनबाट रोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण