जाजरकोटबाट प्रदीप पौडेलले भने–सरकारको ध्यान नागरिकमा भन्दा सत्ता लिप्सामा देखिन्छ
जाजरकोट । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारको ध्यान भूकम्प पीडितको समस्यातर्फ भन्दा पनि सत्ता लिप्सातर्फ देखिएको बताएका छन् । भूकम्प पीडितको अस्थायी टहरा निर्माणका लागि पार्टीको निर्णयअनुसार पहिलो टोलीका रुपमा जाजरकोट आइपुगेका पौडेलले अस्थायी आवासका लागि प्रभावितलाई उपलब्ध हुनुपर्ने रकम प्राप्त हुन ढिलाइ भएको बताए ।
‘सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास हजार रुपैयाँ दिने घोषणा गरेको थियो । घोषणा गरेको सहयोग रकम अझै सम्म पनि भुकम्प पीडित जनताको हातमा पर्न सकेको छैन’, पौडेलले भने, ‘यहाँको स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार उक्त सहयोग रकम हस्तान्तरण गर्न अझै दुई हप्ता लाग्ने भनिएको छ । एक त सहयोगका लागि धेरै नै ढिला भई सकेको छ भने अर्कोतिर अझै दुई हप्ता लाग्ने विषयले सरकारको ध्यान आफ्ना नागरिकमा भन्दा धरै सत्ता लिप्सामा देखिन्छ ।’
उनले जाजरकोटको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै गम्भीर बन्न सरकारलाई अपिल गरेका छन् ।‘अधिकांश घर क्षतविक्षत छन् । चिसो बढ्दै गएको छ । बिरामी, सुत्केरी, बालबालिका र वृद्ध वृद्धाको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको छ’, उनले भने, ‘धेरै जसो परिवार सँग न्यानो लत्ता कपडा समेत छैन । यहाँका नागरिकलाई चिसोबाट जोगाउन तुरुन्तै अस्थायी टहरा निर्माण गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ होइन भने पुसको ठन्डीमा जीवन रक्षा गर्न सकिँदैन ।’
पौडेलले मंसिर ७ को चटारोले सरकारलाई भ्याई नभ्याई भएको हुनसक्ने भन्ने कटाक्ष गर्दै थोरै समय निकालेर भए पनि यहाँका नागरिकको जीवन रक्षा गर्ने सवाललाई ध्यान दिन आग्रह गरेका छन् ।
पौडेलले यस विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई सचेत गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण