सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईँले भने–श्रीलंका स्टाइलमा अब नेताका घर–घर जान्छौँ

बिहीबार, ०७ मङ्सिर २०८०, १९ : २७
बिहीबार, ०७ मङ्सिर २०८०

 काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले भोलि काठमाडौँ बन्दको आह्वान गरेका छन् । भोलि बिहान ११ बजेदेखि आन्दोलन सुरु हुने र भीडले जता भन्छ त्यतै आन्दोलन हुने उनले बताए । 

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईँले सरकारले घोषणा गरेको निषेधाज्ञा नमान्ने बताउँदै पर्सिदेखि देशभरि प्रदर्शन गर्ने बताए । उनले श्रीलंकामा भएको आन्दोलन जस्तै नेताका घरघरमा जाने समेत घोषणा गरेका छन् । 

उनले भने–‘श्रीलंकामा जे गरेका थिए नि जनताले, जहाँ जहाँ भेट्छन, त्यही त्यही मसाज गर्छन् । अब कसरी हिँड्दा रहेछन् हेरौँ न ठगेर । मलाई धम्की दिन्थे नि, अब भोलिदेखि उनीहरु जोगिएर हिँडे हुन्छ । कोदो खान नसक्ने मान्छे फाइभ स्टार होटलमा ढल्केर कफी खान्छ हो ५ सय रुपैयाँ कपको ? कहाँबाट पाउँछ पैसा ?’

उनले नेताहरुले बियर समेत विदेशी खाने गरेको दाबी गर्दै भारत जाँदा प्रधानमन्त्रीका छोरी बुहारी बिजनेस क्लासमा बसेर वाइन खाँदै गएको आरोप लगाएका छन् ।  

उनले आजको दिन देशको प्रमुख प्रतिपक्ष नै आफू रहेको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप