दुर्गा प्रसाईँले भने–श्रीलंका स्टाइलमा अब नेताका घर–घर जान्छौँ
काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले भोलि काठमाडौँ बन्दको आह्वान गरेका छन् । भोलि बिहान ११ बजेदेखि आन्दोलन सुरु हुने र भीडले जता भन्छ त्यतै आन्दोलन हुने उनले बताए ।
बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईँले सरकारले घोषणा गरेको निषेधाज्ञा नमान्ने बताउँदै पर्सिदेखि देशभरि प्रदर्शन गर्ने बताए । उनले श्रीलंकामा भएको आन्दोलन जस्तै नेताका घरघरमा जाने समेत घोषणा गरेका छन् ।
उनले भने–‘श्रीलंकामा जे गरेका थिए नि जनताले, जहाँ जहाँ भेट्छन, त्यही त्यही मसाज गर्छन् । अब कसरी हिँड्दा रहेछन् हेरौँ न ठगेर । मलाई धम्की दिन्थे नि, अब भोलिदेखि उनीहरु जोगिएर हिँडे हुन्छ । कोदो खान नसक्ने मान्छे फाइभ स्टार होटलमा ढल्केर कफी खान्छ हो ५ सय रुपैयाँ कपको ? कहाँबाट पाउँछ पैसा ?’
उनले नेताहरुले बियर समेत विदेशी खाने गरेको दाबी गर्दै भारत जाँदा प्रधानमन्त्रीका छोरी बुहारी बिजनेस क्लासमा बसेर वाइन खाँदै गएको आरोप लगाएका छन् ।
उनले आजको दिन देशको प्रमुख प्रतिपक्ष नै आफू रहेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण