बल्खुमा ५ राउण्ड रबरको गोली र १५७ सेल अश्रुग्याँस प्रहार : प्रहरी
काठमाडौँ । बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समूहले गरेको शक्ति प्रदर्शनमा झडप हुँदा प्रहरीले ५ राउण्ड रबरको गोली चलाएको छ । प्रदर्शनकारीसँग झडप हुँदा ५ राउण्ड रबर बुलेट प्रहार गरिएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का समर्थक र प्रहरीको बिचमा बिहीबार दिउँसो बल्खु चोकमा दुईपटक झडप भएको थियो । झडपमा प्रहरीले १५७ सेल अश्रुग्याँस प्रहार गरेको छ । करिब १२ बजेतिर बल्खुबाट कुलेश्वर तर्फ आउन खोजेको भिडलाई रोक्न खोज्दा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ५ जना प्रहरी घाइते भएका एसएसपी मैनालीले जानकारी दिए ।
घाइते सुरक्षाकर्मीलाई उपचारका लागि प्रहरी अस्पतालमा भर्ना गरिएको छ । आन्दोलनकारी तर्फ २३ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जना आन्दोलनकारी उपचार पश्चात् डिस्चार्ज भएका छन् । ६ जना आन्दोलनकारीको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण