सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बल्खुमा ५ राउण्ड रबरको गोली र १५७ सेल अश्रुग्याँस प्रहार : प्रहरी

बिहीबार, ०७ मङ्सिर २०८०, १९ : ४०
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समूहले गरेको शक्ति प्रदर्शनमा झडप हुँदा प्रहरीले ५ राउण्ड रबरको गोली चलाएको छ । प्रदर्शनकारीसँग झडप हुँदा ५ राउण्ड रबर बुलेट प्रहार गरिएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।  

प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का समर्थक र प्रहरीको बिचमा बिहीबार दिउँसो बल्खु चोकमा दुईपटक झडप भएको थियो । झडपमा प्रहरीले १५७ सेल अश्रुग्याँस प्रहार गरेको छ । करिब १२ बजेतिर बल्खुबाट कुलेश्वर तर्फ आउन खोजेको भिडलाई रोक्न खोज्दा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ५ जना प्रहरी घाइते भएका एसएसपी मैनालीले जानकारी दिए । 

घाइते सुरक्षाकर्मीलाई उपचारका लागि प्रहरी अस्पतालमा भर्ना गरिएको छ । आन्दोलनकारी तर्फ २३ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जना आन्दोलनकारी उपचार पश्चात् डिस्चार्ज भएका छन् । ६ जना आन्दोलनकारीको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप