पर्खाल–पर्खालमा चित्र बनाएर धनगढी चिनाइँदै
कैलाली । धनगढीलाई सुन्दर सहर बनाउने लक्ष्यका साथ नगरका सार्वजनिकस्थलका भित्ता (पर्खाल) मा स्थानीय कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र उतार्न थालिएको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले भित्तामा कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यलगायत चित्र उतारेर धनगढी र खासगरी सुदूरपश्चिमलाई चिनाउने अभियान थालिएको बताए ।
धनगढी रङ्गशालाको भित्ता (पर्खाल) मा चित्र उतारेर कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्य चिनाउने यो अभियान थालिएको हो । हमालले भने, “अब धनगढीका भित्ताले सुदूरपश्चिमको कला संस्कृति र पर्यटकीय गन्तव्यका बारेमा आगन्तुकलाई जानकारी गराउनेछन् ।”
चित्र उतारिएका पर्खालमा कुनै पोष्टर, पर्चा नटाँस्न र फोहर नगरिदिन उपमहानगरपालिकाले नगरवासीसँग आग्रह गरेको छ । उपमहानगरपालिकाले धनगढीलाई सुन्दर र हराभरा सहर बनाउनुअघि सारेको ‘हरियाली धनगढी अभियान’ अन्तर्गत यसअघि उपमहानगरका सार्वजनिक सडक तथा स्थानमा वृक्षारोपण गरिएको थियो ।
‘उज्यालो धनगढी अभियान’ अन्तर्गत उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त पहलमा नगर क्षेत्रका विभिन्न सडकमा सडक बत्ती जडानको कार्य भइरहेको छ ।
धनगढी–अत्तरिया ‘छ लेन’ सडकको उपमहानगर क्षेत्रमा पर्ने खण्डको सडकमा स्मार्ट स्ट्रिट लाइट बलिसकेको छ । उपमहानगरपालिकाको अन्य सडकमा पनि स्मार्ट स्ट्रिट लाइट, हाइ माष्ट, मिनी माष्ट लाइट बाल्ने लक्ष्य छ । सडक बत्तीको व्यवस्थासँगै रातिको समयमा धनगढीका मुख्य सहरी क्षेत्र झिलिमिली देखिने गरेको छ ।
सडक बत्तीको व्यवस्थाका लागि उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको थियो । हमालकै नेतृत्वको तत्कालीन कैलाली उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिमका सम्भावना चिनाउन ‘सुन्दर सुदूरपश्चिम अभियान’ चलाएको थियो । यस क्रममा सुदूरपश्चिमका पर्यटकीय र धार्मिक क्षेत्रका आकर्षक तस्बिर अङ्कित आकर्षक पोष्टर प्रकाशन गरी वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण