बुटवलमा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा
बुटवल । बुटवलमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार स्वरूप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनि प्रदूषणका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
चालकहरूले मोटरसाइकलको स्वरूप परिवर्तन गरी सार्वजनिक स्थान एवम् सडकहरूमा अस्वभाविक तवरबाट सवारी आवागमनमा वाधा, अस्वभाविक ध्वनि निकाली प्रदूषण गर्ने लगायतका कार्य गरेकोले नियन्त्रणमा लिइएको बुटवलका डिएसपी दानबहादुर थापाले बताए ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थापाले बताए ।
थापाका अनुसार बुटवलको मिलन चोक, कालिका नगर, बेलबास लगायतका स्थानबाट मोटरसाइकल चालक पक्राउ परेका हुन् । चालकहरूलाई तारिकमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण