शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा

शुक्रबार, ०८ मङ्सिर २०८०, १२ : ५५
शुक्रबार, ०८ मङ्सिर २०८०

बुटवल । बुटवलमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार स्वरूप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनि प्रदूषणका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

चालकहरूले मोटरसाइकलको स्वरूप परिवर्तन गरी सार्वजनिक स्थान एवम् सडकहरूमा अस्वभाविक तवरबाट सवारी आवागमनमा वाधा, अस्वभाविक ध्वनि निकाली प्रदूषण गर्ने लगायतका कार्य गरेकोले नियन्त्रणमा लिइएको बुटवलका डिएसपी दानबहादुर थापाले बताए । 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थापाले बताए । 

थापाका अनुसार बुटवलको मिलन चोक, कालिका नगर, बेलबास लगायतका स्थानबाट मोटरसाइकल चालक पक्राउ परेका हुन् ।   चालकहरूलाई तारिकमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप