सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

दुर्गा प्रसाईं पूर्वराजा शाहको भूमिकाप्रति असन्तुष्ट

शनिबार, ०९ मङ्सिर २०८०, ०५ : ५१
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । राजतन्त्रको पक्षमा उपत्यकामा दुई दिनयता आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको समूह पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाप्रति असन्तुष्ट देखिएको छ । प्रसाई नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक महाभियान' मा जोडिएका अभियन्ता पूर्वराजा शाहको भूमिकासँग असन्तुष्ट देखिएका हुन् ।

राजतन्त्रका पक्षमा राजधानीमा आन्दोलन चलिरहँदा यसबारे पूर्वराजा शाहबाट कुनै अभिव्यक्ति आएको छैन । आन्दोलनका क्रममा प्रसाईं समूह र सुरक्षाकर्मीबीच सिर्जना भइरहेको छ । तर पूर्वराजा शाहबाट त्यसबारे कुनै प्रतिक्रिया आएको छैन । बरु उनी प्रसाईं समूहको आन्दोलनलाई खुलेर समर्थन नगरेको तर उस्तै अजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आयोजना गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

राजधानीमा आफूहरूले आन्दोलन चर्काउन खोजिरहँदा राप्रपाले झापामा कार्यक्रम गरेर यताको आन्दोलनबाट ध्यान भड्काउन खोजेको प्रसाईं समूहको बुझाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप