म एक पथिक
म जीवन बाँच्दछु
म खुसीको सीमा पार गरेर अपार हाँस्दछु
किन्तु थाहा छ मैले हास्ने अवसर कम पाउँछु
प्रायः गम पाउँछु
म समयमा हिँड्छु कि समय हिँड्छ
आफैँलाई चिन्ने अवसर मलाई बाटो दिन्छ
मेरो बाटो
मेरो सङ्घर्ष
मेरो आयु वर्ष
मेरो पीडा हर्ष
मेरो दृष्टिदर्श
म सहभागी भित्रको सरिक हुँ
हे पार्थ म पथिक हुँ
अथाह पीरको कथा लेख्न
कविलाई पनि कठिन हुन्छ
दिन लागेपछि मान्छे दीन हुन्छ
अघाएपछि मान्छेलाई लाजघिन हुन्छ
खोलमा रगेटिएरै सकिन्छ सलाई कसलाई थाहा छ
अभावले परिवारमा दबाब पर्छ मलाई थाहा छ
तर अभावको अभाव नै नभएपछि
दबाबको प्रभाव नै नभएपछि
जसै भए पनि त समेटिनै पर्छ
पर्वत चिर्ने त्यो नदी पनि कहीँ त भेटिनै पर्छ
घमण्ड कसले गर्छ
कसलाई के पर्छ
म बोझहरूको भार हुँ
लाछी हुँ लाचार हुँ
सार्थक नभएको सदाचार हुँ
म अर्थ नभएको हुँ, अर्थ नभएको हैन
मेरो अर्थ म अनर्थ हुँ
म रोग हुँ, रोगी हुँ
म पाप हुँ, ढोँगी हुँ
म सार हुँ, सटिक हुँ
म एक पथिक हुँ ।
विजयखर्क, खोटाङ,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण