इजरायलविरोधी पोस्टका कारण शोबाट हटाइएकी हलिउड अभिनेत्रीले भनिन्– ‘म चुप लाग्दिनँ’
शनिबार, ०९ मङ्सिर २०८०, १२ : ५१
न्युयोर्क । अमेरिकी टिभी शृङ्खला ‘स्क्रिम’ मा अभिनय गरेकी अभिनेत्री मेलिसा बरेरालाई इजरायल विरोधी बयान गरेको भन्दै सिरिजको सातौँ संस्करणबाट बर्खास्त गरिएको छ । यसबारे मेक्सिकोकी यी अभिनेत्रीले आफ्नो मौनता तोड्दै भनिन्, ‘चुप बस्नु कुनै विकल्प होइन ।’
बरेराले आफ्नो सामाजिक सञ्जालमा इजरायल र हमास बिचको हालैको तनावको बारेमा पोस्ट गरेकी थिइन् । जसमा उनले गाजामा ’नरसंहार’ रोकिनुपर्ने र इजरायलले गाजालाई हिरासत केन्द्रको रूपमा प्रयोग गर्न बन्द गर्नुपर्ने बताएकी थिइन् । उनको भनाइलाई शृङ्खला बनाउने स्टुडियोले 'यहुदी विरोधी' भनेको छ ।
यस विषयमा आफ्नो मौनता तोड्दै बरेराले सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन्, ‘सबैभन्दा पहिले म सेमिटिजम् र इस्लामोफोबियाको निन्दा गर्छु। म कुनै पनि समूहको विरुद्धमा हुने कुनै पनि प्रकारको घृणा र पूर्वाग्रहको निन्दा गर्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण