चेल्सीको लज्जास्पद हार
आइतबार, १० मङ्सिर २०८०, ०९ : ४५
लण्डन । प्रिमियर लिगमा चेल्सीले लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा टोली न्युक्यासल युनाइटेडसँग १–४ गोलले पराजित भएको हो ।
खेलको १३ औँ मिनेटमा नै अलेक्सान्डर इसाकले न्युक्यासललाई अग्रता दिलाएका थिए । तर, १० मिनेटपछि राहिम स्टर्लिङले चेल्सीका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ६० औँ मिनेटमा जमाल लासल्सले गोल गर्दै न्युक्यासललाई पुनः अग्रता दिलाए । एक मिनेटपछि जोयलिन्टनले अर्को गोल थपे । ७३ औँ मिनेटमा रिस जेम्सले दोस्रो पहेँलो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै एन्थोनी गोर्डनले न्युक्यासलका लागि चौथो गोल थपे ।
घरेलु मैदानमा लगातार पाँचौँ जित हासिल गर्दै न्युक्यासल २३ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ । चेल्सी भने १६ अङ्क बटुल्दै लिगको १० औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण