अलराउन्डर गुल्सन झाले यू—१९ एसिया कप पनि खेल्ने
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर खेलाडी गुल्सन झाले यू—१९ एसिया कप पनि खेल्ने भएका छन् । १७ वर्षीय गुल्सन सिनियर राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि हुन् । यसअघि उनले सिनियर राष्ट्रिय टोलीबाट यसै वर्ष पाकिस्तान र श्रीलंकामा आयोजित एसिया कप पनि खेलेका थिए ।
यू—१९ एसिया कप डिसेम्बर ८ देखि १७ सम्म संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुँदैछ । प्रतियोगितामा आठवटा टोली सहभागी हुँदैछन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा अफगानिस्तान, भारत र पाकिस्तान पनि रहेका छन् ।
प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ८ तारिखमा पाकिस्तानसँग खेल्नेछ । नेपालले दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल डिसेम्बर १२ मा भारतसँग खेल्नेछ ।
प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ । अहिले नेपाली टोली यू(१९ एसिया कपको बन्द प्रशिक्षणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण