इजरायली र तीन विदेशीसहित थप १७ बन्धक रिहा
तेल अभिभ । हमासले थप १४ इजरायली र तीन विदेशी बन्धकलाई रिहा गरेपछि इजरायलले पनि आफ्नो जेलबाट ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायली सेनाले ३९ प्यालेस्टाइनीलाई जेलबाट रिहा गर्ने बित्तिकै उनीहरूले आफ्नो झण्डा फहराएका थिए ।
हमास र इजरायलबिच भएको सम्झौताअनुसार चार दिने अस्थायी युद्धविराम घोषणा गरिएको थियो, जुन शुक्रबारदेखि लागू भएको छ । सोमबार यो युद्धविरामको चौथो दिन हो। दुईबिचको युद्धविरामको अवधि थपिने देखिन्छ ।
आइतबार राति हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने सङ्ख्या बढाउने बदलामा युद्धविराम लम्ब्याउने प्रस्ताव गरेको थियो। प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीका अनुसार हमासले मध्यस्थकर्ताहरूलाई थप २० देखि ४० जना बन्धकहरूलाई रिहा गर्ने बदलामा दुईदेखि चार दिनका लागि युद्धविराम लम्ब्याउन चाहेको बताएको छ।
यसपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक विज्ञप्तिमा सम्झौताको धारा उल्लेख गरे जस अन्तर्गत प्रत्येक थप १० जना बन्धकको रिहाइको बदलामा यो अस्थायी युद्धविराम २४ घन्टाका लागि लम्ब्याउने भनिएको थियो। उनले सहमतिको यो बिन्दुलाई 'वरदान' को रूपमा वर्णन गरे।
यद्यपि, उनले सम्झौता लागू हुने बित्तिकै ’अस्थायी युद्धविराम समाप्त हुन्छ, इजरायलले पूर्ण शक्तिका साथ आक्रमण गर्ने’ बताएका छन् । हमास र इजरायलबिच चलिरहेको सम्झौता अन्तर्गत, हमासले कुल ५० इजरायली बन्धकहरूलाई रिहा गर्दैछ र बदलामा इजरायलले आफ्नो जेलबाट जम्मा १५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।
यस अवधिमा इजरायलले गाजामा कुनै आक्रमण गर्ने छैन भने चार दिनसम्म कुनै गिरफ्तारी हुनेछैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण