थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या
बैंकक । थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन् । एक थाई प्याराएथलीट र पूर्व सैनिकले आफ्नो विवाहमा आत्महत्या गर्नुअघि आफ्नी दुलही र अन्य तीनलाई गोली हानेका हुन् ।
प्रहरीका अनुसार २९ वर्षीय चतुरोङ सुक्सुक र ४४ वर्षीया कञ्चना पचुन्थुकले शनिबार उत्तरपूर्वी थाइल्याण्डमा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार चतुरोङ अचानक आफ्नो विवाह समारोह छोडेर बन्दुक लिएर फर्किएका थिए । त्यसपछि उनले श्रीमती, ६२ वर्षीया आमा र ३८ वर्षीया बहिनीलाई गोली हाने । घटनामा अन्य दुई पाहुनालाई पनि गोली लागेको थियो । उनीहरूलाई अस्पताल लगे पनि एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार घटनाको समयमा चतुरोङले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए । तर उनको यस्तो गर्नुको कारण स्पष्ट हुन सकेको छैन। स्थानीय मिडियाका अनुसार पार्टीका पाहुनाहरूले प्रहरीलाई दम्पतीबिच केही विषयमा विवाद भएको बताएका छन् । केहीले आफ्नी श्रीमतीसँगको उमेरको भिन्नतालाई लिएर उनी अलि अप्ठ्यारोमा परेको पनि बताएका छन् ।
चतुरोङ र कञ्चना बिहे गर्नुअघि तीन वर्ष सँगै बसेका थिए । चतुरोङले गत वर्ष इन्डोनेसियामा सम्पन्न आसियान पारा खेलकुदमा पौडीमा रजत पदक जितेका थिए । उनले अर्धसैनिक लाइट फोर्समा पनि सेवामा रहँदा दाहिने खुट्टा गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण