सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगेको आरोपमा युवती पक्राउ
सोमबार, ११ मङ्सिर २०८०, १७ : ४१
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड बस्ने ३४ वर्षीय कमला मिश्र छिन् । मिश्रलाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए ।
आफू अविवाहित युकेको नागरिक भएको बताएर मिश्रले उपहार पठाउने बहानामा विभिन्न शुल्कको नाममा ३ लाख ३० हजार ठगेको आरोप छ । उपहारको सामान नआएको तर, शुल्क मात्रै लिएपछि कमला सम्पर्कविहीन भएपछि पीडितले साइबर ब्युरोमा उजुर गरेका हुन् ।
आरोपीबिरुद्ध विद्युत्तीय माध्यमबाट ठगेको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण