राजेश पायलको प्रश्न : अरिजित र रणवीरको जस्तो क्रियाकलापमा हामीले माफी पाउथ्यौँ कि नाइँ ?
काठमाडौँ । गत शनिबार हायात होटेलको चौरमा भव्य साङ्गीतिक प्रस्तुति दिएका बलिउड गायक अरिजित सिंहको साङ्गीतिक प्रस्तुतिको चर्चा अझै सेलाएको छैन । फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा उनले काँधमा राखेर गीत गाएको कुरो धेरै नेपालीको मन जितेको छ ।
यस्तै, भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ आफ्नो फिल्म ‘एनिमल’को प्रचारमा पुगेका बलिउड अभिनेता रणवीर कपुरले नेपाली चेली मेनुका पौडेलको खुट्टा छोएर आशीर्वाद लिएको दृश्यले समेत धेरै नेपालीको मन जितेको छ ।
फरक-फरक प्रकारका यी दुई विषयले नेपाली गायक राजेश पायल राईको मनमा भने प्रश्न उब्जिएको छ । उनले आफ्नो मनमा उब्जिएको प्रश्नको सामाजिक सञ्जाल मार्फत पोखेका छन् ।
उनले लेखेका छन्, ‘अरिजित सिंहले नेपाली झन्डा ओढे जसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आशीर्वाद मागे जसरी हामी कलाकारले भारतमा भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउँथ्यौँ कि नाइँ ? जिज्ञासा ।’
राई को जिज्ञासामा धेरैले गम्भीर र सान्दर्भिक प्रश्न भनेर कमेन्ट गरेका छन् । नेपाली अभिनेत्री सुरक्षा पन्त र बेनिशा हमालले उनको विचारको समर्थन गरेका छन् । उनीहरुले, सोचनीय विषय भन्दै सामाजिक सञ्जालमा राई को स्ट्याटस शेयर पनि गरेका छन् । कतिपयले सबैको कला र कलाकारलाई लिएर मन ठुलो बनाउनु पर्ने कमेन्ट समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण