सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौतमबुद्ध जन्माउने मायादेवीको नाममा प्रसूति गृह खोल्नुपर्छ : मन्त्री किराती

मङ्गलबार, १२ मङ्सिर २०८०, १६ : ०७
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मायादेवी प्रसूति गृह स्थापना गर्न संसारका बौद्धमार्गीहरुलाई आग्रह गरेका छन् । लुम्बिनीमा सरोकारवालाहरुसँग कुरा गर्दै मन्त्री किरातीले गौतमबुद्ध जस्तो संसारले चिनेको व्यक्तित्व जन्माउने आमाको सम्मानमा लुम्बिनीमा मायादेवी प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् । 

किरातीले भने, ‘मायादेवीले गौतमबुद्धलाई माइती जानेक्रममा जन्माउनुभयो । गौतमबुद्धलाई जन्माउने क्रममा उहाँको निधन भयो । सायद त्यतिबेला प्रसूति गृह भइदिएको भए उहाँको अकालमा निधन हुने थिएन होला । त्यसैले उहाँको सम्मानमा लुम्बिनीमा प्रसूति गृह सञ्चालनमा ल्याउनुपर्छ ।’

किरातीले अगाडि भने, ‘त्यसको अर्को फाइदा भनेको गौतमबुद्धको जन्मथलोमा सन्तान जन्माउने कतिलाई रहर पनि हुन सक्छ । यसले धार्मिक पर्यटनसँगै स्वास्थ्य क्षेत्रमा एउटा फड्को मार्न सक्छ । त्यसकारण संसारको बौद्धमार्गीहरुलाई आह्वान गरेर एउटा वृहत् प्रसूतिगृह सञ्चालनमा ल्याउने योजना बनाउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप