शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्काले सडक विकासका लागि एडीबीबाट ६ करोड अमेरिकी डलर ऋण लिँदै

मङ्गलबार, १२ मङ्सिर २०८०, २२ : १४
मङ्गलबार, १२ मङ्सिर २०८०

 कोलम्बो । श्रीलङ्काले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६ करोड अमेरिकी डलर ऋण लिन मङ्गलबार सम्झौतामा हस्ताक्षर गरेको छ ।

सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुविधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

एडीबीको सहुलियतपूर्ण साधारण पुँजीगत स्रोतबाट ऋण उपलब्ध गराइने र चौथो किस्ताको कुल लगानी लागत ६ करोड ८५ लाख डलर अनुमान गरिएको छ । जसमध्ये ८५  लाख डलर सरकारले व्यहोर्ने सहमति भएको विभागले जनाएको छ ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप