सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

किन गुगलले अघि सार्‍यो निष्क्रिय जिमेल खाता मेटाउने नीति ?

बुधबार, १३ मङ्सिर २०८०, १५ : १४
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । डिसेम्बर १ तारिखदेखि गुगलले आफ्ना निष्क्रिय जिमेल खाताहरू मेटाउने तयारी गरेको छ । विगत दुई वर्षदेखि प्रयोगमा नआएको खाताहरू मेटाउने गुगलले तयारी गरेको हो । 

गुगलले उक्त खाता मेटाएसँगै त्यसमा जोडिएका इमेल, ड्राइभ फाइल्स, फोटो तथा कन्ट्याक्टस लगायत सबै डेटा मेटिन छ । विशेष गरेर साइबर आक्रमणको बढ्दो जोखिमका कारण देखिने गरेकाले निष्क्रिय खाताहरू मेटाउने निर्णय गुगलले गरेको हो । निष्क्रिय खाताका बारेमा एक नीति सार्वजनिक गर्दै गुगलले प्रयोगकर्ताहरूलाई स्क्याम, फिसिङ, फ्रड तथा खाताहरूलाई ह्याकिङ जस्ता घटनाहरूबाट जोगाउन यो प्रयास गरिएको बताइएको छ । 

सक्रिय खाताहरूको तुलनामा निष्क्रिय खाताहरूमा टु–फ्याक्टर अथेन्टिकेसन इनेबल्ड हुने सम्भावना दस गुणा कम हुने र सुरक्षा उपायहरूको अभावले पुराना खाताहरूलाई ह्याक गर्ने प्रयासहरूको लागि बढी संवेदनशील बनाउने देखिएकाले पनि उक्त खाताहरू मेटाउने गुगलले जनाएको छ । 

यसबाहेक, निष्क्रिय जिमेल खातामा लिङ्क गरिएका अन्य एक्सटर्नल सर्भिसेस पनि जोखिममा हुने गुगलले जनाइएको छ। गुगलले सन् २०२३ को डिसेम्बरदेखि बिस्तारै खाताहरू हटाउन सुरु गर्ने जनाएको छ । जसले गर्दा प्रयोगकर्ताहरूलाई आफ्ना महत्त्वपूर्ण खाताहरू सक्रिय बनाउने अवसर पनि प्रदान हुने छ । यद्यपि गुगलले कुनै पनि यूट्युवसँग कनेक्ट गरेर भिडियो सार्वजनिक गरेका खाताहरूलाई भने नमेटाइने जनाएको छ । 

यदि कोही कसैको गुगल खाता (जिमेल अकाउन्ट) महत्वपूर्ण छ र त्यसलाई बचाइ राख्न चाहनेहरूले भने प्रयोगकर्ताहरूले कम्तीमा दुई वर्षमा उक्त जिमेल खाता एक पटक साइन इन गर्ने वा अन्य थर्डपार्टी खाताहरूसँग कनेक्ट गरेपनि खातालाई जीवित राख्न सकिने  गुगलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप