दक्षिण कोरियामा विदेशी स्वामित्वका घर बढे
सोल । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो ।
यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो । कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ ।
त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुईवटा घर छन् । जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ ।
यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६ प्रतिशत हिस्सा ओगटेको छ । अमेरिकीसँग कूल विदेशी भूमि स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा ५३ दशमलव चार प्रतिशत छ ।
त्यसपछि चिनियाँसँग सात दशमलव आठ प्रतिशत, युरोपेलीसँग सात दशमलव एक प्रतिशत र जापानीसँग छ दशमलव दुई प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण