भारतमा अफगान दूतावास खोल्ने तालिबान प्रशासनको घोषणा
बिहीबार, १४ मङ्सिर २०८०, १५ : ०४
नयाँ दिल्ली । अफगानिस्तानको तालिबान प्रशासनले भारतमा अफगान दूतावास खोल्ने इच्छा व्यक्त गरेको छ । तालिबान प्रशासनका विदेश मामिलाका उपराजनीतिक मन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाईले अफगानिस्तानले भारतसँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरामा जोड दिएका हुन्।
भारतमा रहेको अफगान दूतावासले ट्वीटरमा लेखेको छ, ‘अफगानिस्तानले भारतमा अफगान दूतावास खोल्ने आफ्नो मनसाय घोषणा गर्न पाउँदा खुसी छ। दूतावासको नेतृत्व एक प्रतिष्ठित अफगान कूटनीतिज्ञले गर्नेछन् जसले अफगानिस्तान र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्न र भारतमा अफगान जनतालाई सुविधा उपलब्ध गराउन काम गर्नेछन्।’
यससँगै स्टानिकजाईले भने, ‘भारतले अफगान जनताको पीडा कम गर्दै अफगान विद्यार्थी, बिरामी र व्यापारीहरूलाई सहयोग गरिरहनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण