रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण
किएभ । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ । किएभका अधिकारीहरूका अनुसार जाडोका महिनाहरूमा युक्रेनको सङ्घर्षशील ऊर्जा ग्रिडमा व्यवस्थित हमलाका लागि रुसी सेनाले ड्रोन र क्षेप्यास्त्र जम्मा गरिरहेको छ ।
दक्षिणी क्षेत्रमा १८ ड्रोन र एउटा क्षेप्यास्त्र खसाएको दाबी गर्दै हवाई सेनाले भनेको छ, “समग्रमा दुश्मनले दुई वटा एक्स–५९ क्षेप्यास्त्र र २५ शाहिद–१३६/१३१ आक्रमणकारी ड्रोनको प्रयोग गरेको थियो ।”
अघिल्लो जाडोयाममा युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी हमलाका कारण लाखौँ मानिस लामो समयसम्म जाडो र अन्धकारमा बसेका थिए । किएभले पश्चिमी हतियारका साथ उसको हवाई रक्षा प्रणालीहरूलाई बलियो बनाएको छ । यद्यपि उसले कमजोर क्षेत्रका लागि थप हतियार आवश्यक परेको स्वीकार गरेको छ ।- (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण