आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

औषधीय गुणले भरिपूर्ण अमला

शनिबार, १६ मङ्सिर २०८०, १६ : ०६
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । अमला औषधीय गुणले भरिपूर्ण हुन्छ । यो स्वास्थ्यका लागि वरदानभन्दा कम होइन । 

यसमा भिटामिन सी र अन्य पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट बच्न सकिन्छ ।

अमलामा एन्टिअक्सिडेन्ट गुण पाइने पाइन्छ । यसका साथै यसमा क्यान्सर प्रतिरोधी गुण पनि हुन्छ । एक अनुसन्धान अनुसार अमलाले क्यान्सर कोशिकाको वृद्धिलाई रोक्ने पनि देखाएको छ।

पेट खराब भएमा अमलाको सेवन निकै फाइदाजनक हुन्छ । अमलालाई क्रोमियमको राम्रो स्रोत मानिन्छ। साथै, अमलाले छालासँगै कपाललाई चम्किलो र बलियो बनाउने काम गर्छ।

अमला मधुमेहका बिरामीका लागि पनि निकै फाइदाजनक हुन्छ । चिसो मौसममा यसको सेवन गर्नाले रुघाखोकीबाट पनि बच्न सकिन्छ । 

आमलामा प्रचुर मात्रामा क्याल्सियम हुन्छ । यही कारणले गर्दा अमलाले हड्डीलाई मजबुत बनाउन पनि काम गर्छ र यसमा पाइने पोटासियमले मांसपेशी बलियो बनाउन पनि प्रभावकारी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप