आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सङ्कल्प यात्रा

एमालेको सङ्कल्प यात्राको टोली सुदूरपश्चिमबाट कर्णाली प्रवेश

आइतबार, १७ मङ्सिर २०८०, १३ : ३५
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गरेको छ । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यक्रम सकेर आइतबार अछामबाट दैलेख जिल्ला प्रवेश गरेको हो । 

आइतबार बिहान मध्यपहाडी राजमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ र कर्णालीले स्वागत गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको थियो । सुदूरपश्चिमको अछाम र कर्णाली प्रदेशको दैलेख जोड्ने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेपछि अभियानको टोली कर्णाली प्रवेश गरेको हो । 

सोही पुलमा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा समेत हस्तान्तरण गरेका छन् । अभियान पुस १ गते पाँचथर पुगेर सकिने एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप