राजतन्त्रको कुरा गर्ने देशद्रोही हुन् : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् । समृद्धिको लाग सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको यो कुचेष्टा सफल नहुने दाबी गरेका हुन् ।
‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’, ओलीको भनाइ छ । लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट पार्दै ओलीले भने, ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।’
अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको भन्दै ओलीले एमाले सरकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको र देश विकासले गति लिएको स्मरण गराए । ‘फेरि पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ’, पुर्वप्रधानमन्त्री ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण