शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

आइतबार, १७ मङ्सिर २०८०, २१ : ४२
आइतबार, १७ मङ्सिर २०८०

ललितपुर । ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७३ हजार १ सय १० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप